Shikhar Insurance
National Life

जापान सरकारकाे ८५ लाख सहयोगमा विद्यालय भवन हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १२, सोमबार १५:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ । नेपालका लागि जापानी राजदूत मायदा तोरूले नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् ।

जापान सरकारको ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजिपी) को अनुदान सहायताअन्तर्गत करिब ८५ लाखको सहयोगमा उक्त भवन निर्माण गरिएको हो । सो अवसरमा जापानी राजदूत मायदाले परियोजनामा संलग्न सबैको प्रयासको लागि बधाई तथा प्रशंसा व्यक्त गरेका काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त विद्यालय वि.सं २०१७ मा स्थापना भएको थियो । सो विद्यालयमा हाल करिब तीन सय ३० विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । उक्त विद्यालय सो क्षेत्रकै प्रमुख शैक्षिक संस्थाका रूपमा रहीआएको छ । सो विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन हुँदै आएको छ ।

जीर्ण विद्यालय भवनका कारण विद्यार्थीको पठनपाठनमा समस्या झेल्दै आएका थिए । नवनिर्मित भवनमा सुविधासम्पन्न कक्षा कोठा, छात्राछात्रका लागि बेग्लाबेग्लै शौचालयलगायत सुविधा रहेको दूतावासले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्