Shikhar Insurance
National Life

संसदकै बोझ बजेट भन्दै अर्थमन्त्री पौडेलले घटाए १ खर्ब ६७ अर्बले बजेट, राजस्व १ खर्ब ६७ अर्ब कम उठ्ने

सिंहदरबार संवाददाता
२०८१ माघ २४, बिहीबार १९:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटको खर्च राजस्व अनुमानको लक्ष्य घटाएका छन् । प्रतिनिधि सभामा बजेटको संशोधित अनुमान पेश गर्दै मन्त्री पौडेलले १ खर्ब ६७ अर्ब ५६ करवड ९५ लाख कम बजेट खर्च हुने अनुमान गरेका हुन् ।

चालु आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट प्रस्तुत गरेको थियो । ६ महिनापछि अर्थ मन्त्रालयले १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख खर्च हुने संशोधित अनुमान गरेको छ । यो रकम सुरु विनियोजनको ९०.९९ प्रतिशत हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राजस्वतर्फ १४ खर्ब ७१ अर्ब १६ करोड २९ लाख असुली हुने लक्ष्यमा संशोधित अनुमान गर्दै १२ खर्ब ८६ अर्ब ९८ करोड ११ लाख असुल हुने अनुमान गरेको छ । यो कुल लक्ष्यको तुलनामा १ खर्ब ८४ अर्ब ६४ करोड ८४ लाखले कमि हो ।

आन्तरिक ऋण ३ खर्ब ३० अर्ब लक्ष्यमा ३ खर्ब २० अर्बले पुग्ने अर्थ मन्त्रालयको अनुमान छ । प्रतिनिधि सभामा प्रतिपक्षी दलको कडा आलोचना गर्दै मन्त्री पौडेलले चालु बजेट संसदकै बोझ भएको टिप्पणी गरेका छन् ।

यस्तो छ अर्थ वार्षिक समिक्षाको पुर्णपाठ

GBIME

प्रतिक्रिया दिनुहोस्