Skip to content
Shikhar Insurance
National Life

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधरणमा बिक्री खुल्ला, प्रतिकित्ता कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले ४० हजार कित्ता संस्थापक सेयर लिलाम प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ । बैंकले सो सेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

बैंकले सेयर प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ । इच्छुक खरिकर्ताले कम्तिमा १०० कित्ता र बढीमा १० को गुणाङ्कमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । सो सेयर खरिद गर्न इच्छुकहरुले आज (चैत १७ गते) देखि चैत २६ गतेसम्ममा गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ।

बोलपत्र काठमाडौंको डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको कार्यालयमा पाइने बैंकले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्