Skip to content
Shikhar Insurance
National Life

सानिमा रिलायन्स लाइफको नाफा ३३ करोड ७६ लाख, प्रतिसेयर नेटवर्थ कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म ३३ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०।७७ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३० करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड ८१ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ८१ करोड ४८ लाख रुपैयाँ रहेको छ भने तेस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ६५ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । सेयरपुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.९८ रुपैयाँ, पीई रेसियो ४६.०३ र प्रतिसेयर नेटवर्थ ११०.६० रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्