Skip to content
Shikhar Insurance
National Life

सम्राट सिमेन्टको व्यापार ४८ प्रतिशतले घट्यो, १ अर्ब ७७ करोड मात्रै कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । सम्राट सिमेन्ट कम्पनीको व्यापारमा गिरावट आएको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ४८.५२ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब ७७ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ भने सन् २०२३ मा कम्पनीले ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ मा ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापारको अवस्था हेर्दा हरेक वर्ष कारोबारमा गिरावट आएको देखिन्छ ।

सन् २०१३ मा स्थापना भएको कम्पनीले ३६ सय मेट्रिक टन क्षमतामा सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले ४ हजार मेट्रिक टन क्षमताको चुन ढुंगा उद्योग सञ्चालन गर्दै आएको छ । दाङस्थित रहेको यस कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट गजराज, गजराज प्रीमियम, बाज, बाज प्रिमियम, बादशाह, सम्राट र सम्राट प्रिमियम ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १० अर्ब १४ करोड ४७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ३५ करोड ९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको अध्यक्षमा अनिल कुमार रुंगटा रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्