काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार ७९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकोे छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको विवरण खुलाई निवेदन दिनु पर्नेछ।
संस्थाले तोकिएको यस म्याद भित्र संस्थापक सेयरधनीबाट सो सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गरिने संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्