काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आव २०८०/०८१ को २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीले यस आ.व. २०८०/८१ मा ४.७९ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएको छ जुन गत आ.व. २०७९।८० वर्षको तुलनामा ४ प्रतिशतले बृद्धि हो । साथै गत आ. व. को तुलनामा कम्पनीले खुद ३१ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ ।
त्यसैगरी, गत आर्थिक वर्षको दाबी भुक्तानी २.३८ अर्बको तुलनामा यस आर्थिक वर्षमा २.८३ अर्बको दाबी भुक्तानी गरेको छ । आउँदो आर्थिक वर्षहरुमा पनि ग्राहकहरुलाई उच्च सेवा तथा प्रतिफल दिने लक्ष्य सहित कम्पनी अगाडी बढेको कम्पनीले जनाएको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण, आव. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सञ्चालक समितिको बैठक भत्ता बृद्धि लगायत सामाजिक उत्तरदायित्व अन्तर्गत भुक्तानी गरिएको रकम अनुमोदन गर्ने प्रस्तावहरु पारित गरेको छ ।
सभामा १७ जना शेयरधनीहरुले आ–आफनो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्