Skip to content
Shikhar Insurance
National Life

बरफ जमेको समुन्द्रबाट नयाँ व्यापार रुट चलाउँदै रसिया, समय र लागत घट्ने

Hyundai
NCELL
NIMB

मस्को । रूसले आफ्नो उत्तरी समुद्री मार्गमार्फत ‘कीर्तिमान’ माल ढुवानीको मात्रा हासिल गरेको छ । यसले युरोप र एसिया बीचको यात्रा समय कम गर्छ र आर्कटिक बर्फ पग्लँदै गएपछि युक्रेनमाथि लगाइएको प्रतिबन्धका कारण मस्कोलाई व्यापार पुन: निर्देशित गर्न मद्दत गर्दछ ।

मस्कोको युक्रेन आक्रमण सुरु गर्नुअघि राष्ट्रपति भ्लादिमिर पुटिनले आर्कटिक मार्गको प्रयोगलाई प्राथमिकता दिएका थिए । यसमा रुसले आठवटा आणविक आइसब्रेकरहरूको फ्लीट विकास गरेको थियो ।

रूसी राष्ट्रपति पुटिनले बिहीबार उत्तरी रूसी बन्दरगाह मुरमान्स्कमा आर्कटिक विकासको मञ्चमा यस विषयमा सम्बोधन गर्नेछन् ।

जलवायु परिवर्तनले पहिले बर्फले छोपिएका समुद्री मार्गहरू खुला हुँदै गएपछि आर्कटिक संसाधनहरूका लागि प्रतिस्पर्धा तीव्र भएको छ । मस्कोले उत्तरी समुद्री मार्गमा ठूलो लगानी गरेको छ ।

यो मार्गले माल ढुवानी गर्ने जहाजहरूको यात्रा समय सुएज क्यानलमार्फत जाँदा भन्दा १५ दिन कम गर्छ तर यसले धेरै लजिष्टिक समस्याहरूको सामना गर्नुपरेको छ ।

रूसको रोसाटोम आणविक एजेन्सीका आर्कटिक विकासका विशेष प्रतिनिधि भ्लादिमिर पानोभले बुधबार यस मार्गले सन् २०२४ मा यातायातको ‘नयाँ कीर्तिमान’ देखेको बताए ।

ँहामीले उत्तरी समुद्री मार्गका लागि नयाँ कीर्तिमानका साथ सन् २०२४ समाप्त गर्‍यौँ । हामीले तीन करोड ७९ लाख टन (माल) ढुवानी गरेका छौँ”, पानोभले भने ।

उनले मस्कोले ‘गृष्म र शरद ऋतुमा ढुवानीकर्ताहरूलाई आफ्नो मालहरू एसियाको बाटो हुँदै पुन: निर्देशित गरेको’ देखेको बताए ।

जलवायु परिवर्तनले रूसका आणविक आइसब्रेकरहरूलाई कहिलेकाहीँ कठिनाइका साथ आफ्नो पूर्वी तटका पूरै क्षेत्रमा जान दिएको छ ।

ँपछिल्लो दुई वर्षदेखि पहिलो पटक हामीले उत्तरी समुद्री मार्गका जलक्षेत्रमा आइसब्रेकरहरूको वर्षभरि सञ्चालन गर्न सुरु गर्‍यौँ”, पानोभले भने ।

आर्कटिक संसाधनका लागि विश्वव्यापी प्रतिस्पर्धा तीव्र भएको छ र यो पश्चिमसँग रूस असहमत रहेको अर्को क्षेत्र हो ।

रुसको विदेश मन्त्रालयका अधिकारी भ्लादिस्लाभ मास्लेनिकोभले पश्चिममा ‘उत्तेजक’ आर्कटिक नीति रहेको आरोप लगाए ।

‘वातावरण संरक्षण र जलवायु परिवर्तनसँग लड्ने आडमा हामी वास्तविक रूपमा अनुचित प्रतिस्पर्धामा चलिरहेको प्रयासहरू देखिरहेका छौँ”, उनले भने ।

तर उच्च महत्त्वाकांक्षालाई बेवास्ता गर्दा मस्कोले अझै पनि मार्गमा लजिस्टिक समस्याहरूको शृङ्खलाको सामना गरिरहेको छ, जसबाट यसबाट गुज्रने माल रूसले अपेक्षा गरेको भन्दा धेरै कम हुँदै गएको छ ।

तीन करोड ७९ लाख टन अझै पनि क्रेमलिनको लक्ष्यभन्दा धेरै पछाडि छ । सन् २०१८ मा आर्कटिकका लागि महत्त्वाकांक्षी योजनाहरू खोल्दै पुटिनले सन् २०२४ सम्ममा उत्तरी समुद्री मार्गमार्फत वार्षिक आठ करोड टन पास हुने आशा गरेका थिए ।रासस

 

GBIME

प्रतिक्रिया दिनुहोस्