Skip to content
Shikhar Insurance
National Life

सरकार ढल्ने हल्लाले सेयर बजारमा पहिरो, ५४.६२ अंकले नेप्से घट्दा ६ अर्ब बढीको कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकार परिर्वतन हुने हल्लाले सेयर बजारमा पहिरो गएको छ । गत हप्ता राजावादीको आन्दोलनले देशमा राजनितिक अर्थिरता आउँछ भन्ने डर सिजर्नाले बजार राताम्मै भएको थियाे भने आज पहिलो कारोबार दिन सरकार परिर्वतन हुने हल्लाले ५३.०४  अंकले बजार घटेकाे छ ।

आइतबार ५३.०४ अंकले गिरावट आएको छ । काँग्रेस-एमाले गठबन्धन सरकार ढलेर फेरी काँग्रेस माओवादी सहितका गठबन्धन गरेर सरकार परिर्वतन हुने हल्ला चलिरहेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार भारत भ्रमणबाट फर्किएपछि सरकार ढल्ने विषयले र्चचा पाएको हो ।

भारतबाट नेपाल ओर्लने क्रममा परराष्ट्र मन्त्री देउवाले भारतको नेपालमा सरकार नै ढाल्ने गरी नलागेको विवादित अभिव्यक्ति दिएकी थिइन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक  ५४.६२ अंकले घटेर २६१४.२६ को बिन्दुमा पुगेर बन्द भएको हो । आइतबार ३१७ कम्पनीको १ करोड २३ लाख ७१ हजार २ सय ८० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड १४ लाख १३ हजार ३ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार १३ कम्पनीको सेयर मूल्य बढ्दा २३० कम्पनीको सेयर मूल्य घटेको छ ।

आइतबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्सको ४२ करोड ६ लाख ३४ हजार रुपैयाँ संकलन हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ३८ रुपैयाँ पुगेको छ ।

आइतबार एक कम्पनीको सेयर मूल्य ८.७२ प्रतिशतले सेयर मूल्य घटेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ

 

GBIME

प्रतिक्रिया दिनुहोस्