Skip to content
Shikhar Insurance
National Life

बजेटप्रति प्रतिपक्ष भन्दा सत्तापक्षका सांसदहरु बढी असन्तुष्ट छन्: सांसद शाही

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सही बजेट विनियोजन हुन निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचन प्रणाली नबदलीकन बजेट नबदलिने जिकिर गरे । उनले चुनावमा जाँदा सांसदहरुले विद्यालय बनाउँछु, सडक बनाउँछु, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, गरिबीको अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने विकास निर्माणका तमाम विषयहरु पूरा गर्छौं भनेर जनताबाट निर्वाचित भएर आएका हुने तर बजेट नपर्ने समस्या रहेको बताए ।

बजेटप्रति प्रतिपक्ष भन्दा पनि बढी असन्तुष्टि सत्ता पक्षका सांसदहरु रहेको दाबी गरे ।

उनले भने, ‘यो निर्वाचन प्रणाली नै बदलौँ । निर्वाचन प्रणाली नबदलीकन बजेट बदलिँदैन । यो परम्परागत भइरहन्छ । किनभने यो बजेट बनाउने दबाब त्यही हो । सरकारलाई आउने दबाब भनेकै निर्वाचन प्रणालीकै दबाब हो । चुनावमा जाँदा सांसदहरुले विद्यालय बनाउँछु, सडक बनाउँछु, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, गरिबीको अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने विकास निर्माणका तमाम विषयहरु पूरा गर्छौं भनेर जनताबाट निर्वाचित भएर आएका सांसद हुन् । बजेटप्रति प्रतिपक्ष भन्दा पनि बढी असन्तुष्टि सत्ता पक्षका सांसदहरु छन् । किनकी कोशिस त धेरै गरेकै हो । सत्तापक्षका सांसदहरुलाई खुशी पारौँ भनेर धेरै कोशिस सरकारले गरेको हो । तर सकेन । यसलाई परिवर्तन गरौँ ।’

उनले अर्थमन्त्रीसँग राष्ट्रनिर्माणको सबैभन्दा ठूलो भुमिका हुने जिकिर गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE