Skip to content
Shikhar Insurance
National Life

६ खर्ब घाटाको बजेट, १३ खर्ब राजश्व, ३६५ अर्ब आन्तरिक ऋण उठाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले करिब ६ खर्ब रुपैयाँ घाटाको बजेट ल्याएको छ । निजी क्षेत्र तर्फको कर्जा प्रवाहलाई प्रभाव पार्ने गरि ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ घाटाको बजेट ल्याएको हो ।

काँग्रेस र एमाले नेतृत्वको करिब दुई तिहाई बहुमतको सरकारले आगामी आर्थिक बर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक ल्याएको छ । कुल बिनियोजन माध्ये ११ खर्ब ८० अर्ब ९८ करोड चालु तर्फ रहेको छ भने ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तिय व्यवस्थापन तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

सरकारले आगामी आर्थिक बर्षमा सो बजेट खर्च गरेर ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फितिलाई ५.५ प्रतिशतमा रोक्ने प्रक्षेपण पनि गरेको छ ।

कुल विनियोजनमध्ये ६०.१ प्रतिशत चालु खर्च, २०.८ प्रतिशत पुँजीगत र १९.१ प्रतिशत वित्तिय व्यवस्थापनका लागि भनेको छ ।

राजश्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ जोहो गर्ने भनेको सरकारले वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ जुटाउने लक्ष्य निर्धारण गरेको छ । अपुग रकम अर्थात घाटा रहेको ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँको जोहो भने ऋण उठाएर गर्ने भनेको छ । जसमध्ये वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ४५ करोड र आन्तरिक ऋणबाट ३ खर्ब ६५ अर्ब रुपैयाँ उठाउने भनेको छ । आन्तरिक ऋण ३ खर्ब ६५ अर्ब रुपैयाँ उठाउँदा निजी क्षेत्र तर्फको कर्जा विस्तारमा संकुचलन आएर आर्थिक वृद्धिमै प्रभाव पर्ने जोखिम रहन्छ ।

सरकारले ल्याएको नयाँ बजेट चालु आवको बजेट भन्दा ५.६ प्रतिशतले ठूलो हो भने संसोधित बजेट भन्दा १८.२ प्रतिशतले ठूलो हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्