Skip to content
Shikhar Insurance
National Life

४ खर्ब ७ अर्ब विकास बजेटले ६% आर्थिक वृद्धिको लक्ष्य, मुद्रास्फिति ५.५ मै रोक्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरेको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले संघीय संसदको संयुक्त सदनमा पेश गरेको आगामी आर्थिक बर्षको बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरेको हो ।

सरकारले मुद्रास्फिति भने ५.५ प्रतिशतमै रोक्ने लक्ष्य निर्धारण गरेको छ । सरकारले आगामी आर्थिक बर्षका लागि ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ पुँजीगत बजेट बिनियोजन गरेको छ । सरकारले बिनियोजन गरेको सोही पुँजीगत खर्चको बलमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने योजना बनाएको हो ।
सरकारले चालु आर्थिक बर्षमा भने ४.६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण पेश गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्