Skip to content
Shikhar Insurance
National Life

व्यवस्था विरोधी जनआन्दोलनलाई समर्थन गर्न राप्रपाको आह्वान

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बिहीवारदेखि शुरु हुन लागेको व्यवस्थाविरुद्धको जनआन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले यस्तो आह्वान गरेका हुन् ।

उनले व्यवस्था विरुद्धको आन्दोलन राप्रपाको मात्र नभई देशवासीको भएको उल्लेख गर्दै सहयोग र समर्थन गर्न गर्न आह्वान गरे । उनले जनताको वर्तमान अवस्थामा परिवर्तन गर्न व्यवस्था परिवर्तन अनिवार्य रहेको जिकिर गरे ।

उनले भने, ‘आज पार्टीको स्थापना दिवस हो । आजबाट जनआन्दोलन प्रारम्भ पनि भएको छ । वर्तमान अवस्थामा परिवर्तन गर्नको लागि व्यवस्थामा परिवर्तन अनिवार्य छ । यो आन्दोलन कुनै एउटा पार्टीको मात्र आन्दोलन होइन । सम्पूर्ण देशवासीको आन्दोलन हो । नेपालका लागि नेपाली जनताले गर्ने पहिलो आन्दोलन समेत हो । त्यस कारण यो साझा आन्दोलनमा सहयोग र समर्थन गर्नको लागि हार्दिक अपिल गर्दछु ।’

राजावादी समूहले बिहीवार काठमाडौंको शान्ति बाटिका क्षेत्रमा प्रदर्शन गर्दैछ । वर्तमान व्यवस्थाको विरोधमा संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आन्दोलन तय भएको हो । समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी सङ्घसंस्थाहरू रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्