Shikhar Insurance
National Life

‘सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएका कारण राजावादीहरु व्यवस्था विरुद्धमा लागे’ सांसद सुवेदी

सिंहदरबार संवाददाता
२०८१ चैत्र ३, आईतवार १३:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु असफलसिद्ध भइसकेको टिप्पणी गरेकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवेदीले सरकार आफैंले गरेको मूल्याङ्कनमा फेल भएको टिप्पणी गरेकी हुन् ।

उनले सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको आरोप समेत लगाइन् । उनले सरकार विद्युत प्राधिकरणको कर्मचारीको पछिपछि दोडिरहेको र केबलकार निर्माणका विषयमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानव अधिकारको धज्जि उडाइरहेको तथा व्यापारीको पक्षपोषण गरिरहेको आरोप लगाइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरुमा छानविन नगरि सत्ताको चरम दुरुपयोग गरिएको बताइन् । आफ्नालाई छानि छानि जोगाउन र विपक्षीलाई तानितानि फसाउने सरकारको हर्कतका कारण नागरिकहरुमा निराशा छाएको टिप्पणी गरिन् ।

उनले भनिन्, ‘रातारात गठन गरेर मुलुकलाई रामराज्य बनाउन लागेको सरकार आफैंले गरेको मूल्याङ्कनमा फेल भएको छ । प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरु असफलसिद्ध भएका छन् । सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको छ । विद्युत प्राधिकरणको कर्मचारीको पछिपछि दौडिरहेको छ । ताप्लेजुङको मुकुम्लुङमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानव अधिकारको धज्जि उडाएको छ र व्यापारिको पक्षपोषणमा उद्दत भइरहेको छ । आन्दोलनरत पक्षसँग छलफल गरि समस्या समाधान गर्न लागिरहेको छैन । सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरुमा कुनै छानविन हुदैन । सहकारी ठगी र मानव बेचबिखनमा जोडिएको सर्लङ्ग हुँदाहुँदैपनि अनुसन्धान गरिदैन । सत्ताको दुरुपयोग गरि जोगाइन्छ । आफ्नालाई छानि छानि जोगाउन र विपक्षीलाई तानि तानि फसाउने हर्कतका कारण नागरिकहरुमा निराशा छाएको छ ।’

उनले सरकारले उत्पन्न गरेको निराशामै टेकेर राजावादीहरु व्यवस्थाको विरुद्धमा लागेका आरोप लगाइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्