Skip to content
Shikhar Insurance
National Life

राजावादीहरुले चैत्र १५ गतेको आन्दोलनबाटै आफ्नो चरित्र देखाए: गृहमन्त्री लेखक

Hyundai
NCELL
NIMB

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले चैत्र १५ गतेको आन्दोलनबाटै आफ्नो चरित्र देखाएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजावादी वा राजाको शासन पुन: ल्याउँछौँ भन्नेहरुले राजाको शासन कस्तो हुन्छ भनेर चरित्र देखाइसकेको बताए । उनले घरभित्र मानिस रहेको जानकारी हुँदाहुँदै पनि बाहिरबाट आगो लगाइएको बताउँदै देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने चरित्र राजावादीहरुले देखाएको बताए ।

गृहमन्त्री लेखकले भने, ‘राजावादी मानिसहरुले, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भन्ने मानिसहरुले राजाको शासन कस्तो हुन्छ भन्ने चरित्र देखाइसक्नुभएको छ । घरभित्र मानिस छन्, यो घरमा मानिस छन् भन्ने थाहा छ, तर घर बाहिरबाट आगो लगाइएको छ । के का लागि लगाइएको छ भन्दा हामी राजाका समर्थक हौँ, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने काम भएको छ । यो हो चरित्र ।’

गृहमन्त्री लेखकले लोकतन्त्र नहुँदा सञ्चार जगत त्रसित हुने जिकिर गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्