Skip to content
Shikhar Insurance
National Life

जनताको हित र अभिमतभन्दा शाही इशारा किर्माथ ठूलो हुन सक्दैन: प्रधानमन्त्री ओली

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुकुमी शासन व्यवस्थाबाट मुक्त भएर जनताले स्थापना गरेको गणतन्त्र अझै सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंको टुँडिखेलमा आयोजित गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले राज्य संयन्त्रलाई सेवा केन्द्रित बनाउन गणतन्त्रले खेलेको मिकालाई स्मरण गर्दै नागरिक सर्वोच्चताको सबैभन्दा ठूलो भएको बताए । उनले राज्यका अंग र जिम्मेवारीमा रहेका व्यक्तिहरुको आचरण र व्यवहारमा सुधारको आवश्यकता भएपनि राष्ट्रिय चुनौतीहरूको सामना लोकतान्त्रिक प्रणालीमार्फत मात्र गर्न सकिने जिकिर गरे ।

उनले इतिहासमा राजतन्त्रले जनतासँग भएका सम्झौता पटक–पटक उल्लंघन गरेको स्मरण गर्दै मुकुटको आडमा जनताको सेवा नभई जनतामाथि शासन गरिएको बताए । प्रधानमन्त्री ओलीले वर्तमान समयमा पनि नागरिक अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गर्दै जनताको हित र अभिमतभन्दा शाही इशारालाई ठुलो भन्न नसकिने बताए ।

उनले भने, ‘राज्यका अंग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका व्यक्तिहरुको आचरण र व्यवहारमा सुधार गर्नुपर्ने अझै धेरै कुरा हुनसक्छ । गरिबी, बेरोजगारी, भ्रष्टाचार राष्ट्रका यी चुनौतीहरु हुकुम बक्सिने एउटा मुकुटधारी खोजेर होइन लोकतान्त्रिक प्रणालीमा चुनावमार्फत इमानदार राजनीतिक शक्ति छनोट गरेर मात्र सामना गर्न सकिन्छ । इतिहास साक्षी छ, त्यो मुकुटको आडमा जनतामाथि शासन गरिएको थियो सेवा होइन ।’

‘राज्य संयन्त्रलाई शासनबाट सेवा बनाउने काम गणतन्त्र आएपछि शुरु भएको हो । त्यो अझै सम्पन्न भइसकेको छैन । इतिहासका विभिन्न कालखण्डमा राजतन्त्र र जनताबीच संघर्ष र सम्झौताहरु भए । जनतासँग भएका सम्झौताहरुलाई पटक पटक तोडेको हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताले गणतन्त्र स्थापना गरेका थिए । नागरिक अधिकार खोस्ने दुस्प्रयास आज पनि भइरहेको छ । तर नागरिक सर्वोच्चता र स्वतन्त्रताको अभ्यासबाट हुर्केको आजको समाजले जनताको हित र अभिमतभन्दा शाही इशारा ठुलो किर्माथ भन्न सक्दैन’ उनले उल्लेख गरे ।

निरंकुशतन्त्र र गणतन्त्रमध्ये कुन उत्तम हो भन्ने समाजको बहसको विषय नभएको समेत प्रधानमन्त्री ओलीको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्