Skip to content
Shikhar Insurance
National Life

हुलाक सेवालाई विश्वसनीय र दु्रत बनाउन सके राजस्व बढ्छ: मन्त्री गुरुङ

Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई विश्वसनीय, भरपर्दो र दु्रत बनाउन सके राजस्व बढाउन सकिने धारणा व्यक्त गरेका छन् । हुलाक सेवा विभागले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८१।८२ को प्रगति समीक्षासम्बन्धी अन्तरक्रियामा मन्त्री गुरुङले आधुनिक र स्मार्ट हुलाक बनाउन नयाँ ऐनको आवश्यकता औँल्याए । ‘हुलाकलाई आधुनिक बनाउन मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको छ, आधुनिक हुलाक निर्माणका लागि नीति निर्माण अन्तिम चरणमा छ’, उनले भने ।

उनले कर्मचारीको क्षमता वृद्धिमा पनि सुझाव दिए । ‘हामी यसै वर्ष हुलाक ऐन ल्याउछौँ, स्थानीय हुलाक संरचनालाई अझै प्रभावकारी बनाउने योजनाका साथ काम भइरहेको छ, यसका लागि कर्मचारीहरुको भरपुर सहयोग र साथ चाहिन्छ’, उनले भने । मन्त्री गुरुङले यस वर्षभित्र स्थानीय तहका हुलाक कार्यालयमा कम्तीमा एउटा मोटरबाइक उपलब्ध गराउने समेत उल्लेख गरे । आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट हुलाका लागि पर्याप्त बजेट विनियोजन नभए पनि आवश्यकताका आधारमा बजेट थप गर्न र अन्य स्रोत जुटाउन आफूले सक्दो प्रयास गरेको उनको भनाइ थियो ।

कार्यक्रममा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालय हुलाक सेवाको वृद्धि र विकासका लागि सधै सकारात्मक रहेको बताउदै हुलाकलाई इकर्मशमा जोड्ने प्रयत्न रहेको जानकारी दिए । हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवालाई जनताको घरदैलोसम्म पुर्‍याउन स्थानीय तहसँग सहकार्य गर्दै आएको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE