काठमाडौं । पहिलो पटक बसेको गभर्नर सिफारिस समितिको बैठक सकिएको छ । राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गर्ने गरी बैठक सम्पन्न भएको हो ।
बैठक अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बैठक कोठामा बसको थियो । बैठकमा सिफरिस समिति सदस्यहरु पुर्व गभर्नर महाप्रसाद अधिकारी विज्ञ सदस्य डा. पोषराज पाण्डेय र राजस्व सचिव दिनेश घिमिरे सहभागी थिए ।
बैठकले १ नम्बरमा विश्वनाथ पौडेल २ नम्बरमा डेपुटी गभर्नर निलम ढुङगाना र ३ नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको भएको स्रोतले बताएको छ । बैठकको टिप्पणी उठाएर राजस्व सचिव घिमिरेले तीन जनको नाम सिलबन्दी गरी केहि बेरमा मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय जाने तय भएको छ ।
मंगलबार बस्ने मन्त्रिपरिषदको बैठकले नै डा. विश्वनाथ पौडेललाई गभर्नर बनाउने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्