Skip to content
Shikhar Insurance
National Life

‘बजेटमा गरिएको राजश्व प्रश्ताव चुनौतिपूर्ण’ सांसद आचार्य

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद भीमप्रसाद आचार्यले बजेटमा गरिएको राजश्वको प्रश्ताव चुनौतिपूर्ण रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद आचार्यले यस्तो बताएका हुन् ।

उनले बजेट तुलनात्मक रुपमा यथार्थपरक, समस्या केन्द्रित र समस्या पहिचान गर्दै समाधान केन्द्रित रहेको दाबी गरे । अर्थतन्त्रमा सुधार र वर्तमान आर्थिक परिस्थितिअनुकुल बजेट ल्याउने प्रयत्न गरेको भन्दै सांसद आचार्यले निजी क्षेत्रको समस्या समाधान उन्मुख र लगानीमैत्री, प्रविधिमैत्री र यथार्थपरक बजेटको रुपमा प्रश्तुत हुन खोजेको बताए ।

उनले विगतमा लगानी भैरहने तर प्रतिफल नआउने विगतको अवस्थालाई चिर्दै छिटो आयोजना सम्पन्न गरेर प्रतिफल लिनेतिर बजेट केन्द्रित भएको दाबी गरे । अहिलेको भूराजनीतिक परिस्थितिका कारण आपूर्ति श्रृंखला, मूल्यबृद्धि र निर्यातजन्य कुराहरुमा प्रभाव पर्ने र आयआर्जनका कुराहरुमा नकारात्मक प्रभाव पर्नसक्ने उनको भनाइ थियो ।

उनले भने, ‘बजेटमा अर्थमन्त्रीले स्रोत कसरी जुटाउने भनेर भन्नुभएको छ, राजश्वतर्फ १३ खर्ब १५ अर्ब जुटाउने भन्नुभएको छ । र राजश्वबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने १ खर्ब ६५ अर्ब जोड्दा जम्मा राजश्व १४ खर्ब ८० अर्ब उठाउनुपर्ने प्रस्ताव छ । त्यसमा वैदेशिक अनुदानमा ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणमा २ खर्ब ३३ अर्ब ६६ करोड, आन्तरिक ऋणमा ३ खर्ब ६२ अर्ब भन्ने छ । यो जुन खालको प्रस्ताव छ यो अत्यन्तै चुनौतीपूर्ण छ । बजेट तुलनात्मक रुपमा यथार्थपरक छ । समस्या केन्द्रित, समस्या पहिचान गरेर समाधान केन्द्रित छ । यो अर्थतन्त्रमा सुधार गर्ने र अहिलेको आर्थिक परिस्थिति अनुकुल बजेट ल्याउने प्रयत्न गरेको छ । निजी क्षेत्रको समस्या समाधान गर्न उन्मुख रहेको छ । र, लगानीमैत्री, प्रविधिमैत्री, यथार्थ परक बजेटको रुपमा प्रस्तुत हुन खोजेको छ ।’

‘विकास आयोजनाहरुलाई केन्द्रित गर्ने, नयाँ ढंगले पुर्नसंरचित गर्ने र आयोजना केन्द्रित भएर प्रतिफल आउने हिसावले अनन्त ढंगले एउटा आयोजना चलिरहने लगानी भैरहने प्रतिफल केहीपनि नहुने जुन विगतको अवस्था थियो त्यसमा आयोजना केन्द्रित भएर जाने लगानी केन्द्रित गर्ने र छिटो आयोजना सम्पन्न गरेर त्यसको प्रतिफल लिनेतिर यो बजेट उन्मुख छ । र, यो आयोजनालाई प्राथमिकीकरण गर्ने जुन प्राथमिकता उन्मुख छ यसले प्राथमिकता तोकेर आयोजना सम्पन्न गर्न प्रयत्न गर्न खोजेको छ त्यो दिशाउन्मुख छ । र, उद्यम विकास मैत्री बजेटको रुपमा यो छ । यस हिसावले बजेटका यी केही महत्त्वपूर्ण विशेषताहरु छन्’ उनले बताए ।

उनले बजेटका विशेषताअनुरुप कार्यान्वयन र राजश्व संकलन गर्ने अथवा स्रोत जुटाउने विषय भने चुनौतिका रुपमा रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्