Skip to content
Shikhar Insurance
National Life

१ करोड ८ लाख बिगो माग दाबी गर्दै सुन्दर हार्डवेयर एण्ड प्लाइउड विरुद्ध राजस्व अनुसन्धानको मुद्दा दर्ता

Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलले सुन्दर हार्डवेयर एण्ड प्लाइउड (स्था. ले. नं. ३०२१३४२४७ ) विरुद्ध मुद्दा दायर गरेको छ ।  कम्पनीले राजस्व छलि गरेको भन्दै मुद्दा दर्ता गरेको हो ।

कम्पनीका प्रोप्राइटर जोगेन्द्र अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको कारोवारको अनुसन्धान गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको हो ।

कम्पनीको कारोवार स्थलमा खानतलासी गरी अनुसन्धान गर्दा कारोबारबाट राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ (छ) र (झ) वमोजिमको राजस्व चुहावटको कसूर गरेको कार्यालयको दाबी छ ।

कार्यालयले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(१) वमोजिम ५४ लाख ४१ हजार बिगो कायाम गरेको छ । बिगोको जरिवाना समेत गरी कुल बिगो १ करोड ८ लाख वयासी हजार र हदैसम्मको कैद सजायको मागदाबी लिई उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा अभियोग पत्र दर्ता भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्