Skip to content
Shikhar Insurance
National Life

आठ महिनामा ९.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख बढी

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवको ८ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ९.४ प्रतिशतले वृद्धि भई १०५१ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०४१ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ०६८ र पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: २ लाख ८५ हजार ३ सय ५२ र १ लाख ८२ हजार७८३ रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्