काठमाडौं । चालु आवको सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७.३ प्रतिशतले वृद्धि भई ९०० अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८।८ प्रतिशतले बढेको थियो ।
सोेमबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५।३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ भने अघिल्लो वर्ष यस्तो आप्रवाह १६।४ प्रतिशतले बढेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९८५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९१० अर्ब ७७ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ४५ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्