Shikhar Insurance
National Life

एकै छानामुनी ४५०० जनालाई रोजगारी दिने रिलायान्स स्पिनिङको प्रति सेयर आम्दानी २२.१९ प्रतिशत, अन्य सूचकमा पनि अब्बल बन्दै

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १, बिहीबार १८:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायान्स स्‍पिनिङ मिल्सले प्रति सेयर आम्दानी बढाएको छ । कम्पनीले चालु वर्षको पहिलो ६ महिनामा प्रति सेयर आम्दानी २२.१९ प्रतिशत पुर्याएको हो ।

सर्वसाधारणलाई प्रिमियम र बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गरेका कम्पनीहरुसंगको तुलनामा रिलायन्स स्पिनिङ्गको प्रतिसेयर आम्दानी अब्बल देखिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पछिल्लो पाँच आर्थिक वर्षको विवरण हेर्दा प्रिमियम र बुक बिल्डीङबाट आइपीओ निष्कासनमा ल्याएका सर्बोत्तम सिमेन्ट, सोनापुर सिमेन्ट, घोराही सिमेन्ट र शिवम सिमेन्टको तुलनामा रिलायन्सको प्रति सेयर आम्दानी राम्रो देखिएको हो ।

नेपालमा धागो उत्पादन गरी विश्वका विभिन्न देशमा निर्यात गर्ने कम्पनीले एकै छानामुनि ४५ सय जनालाई रोजगारी दिएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार रिलायन्स स्पिनिङ्गको प्रति सेयर आम्दानी (इपिएस) २२.१९ रहेको छ । कम्पनीको गत आव सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.९५ रुपैयाँ रहेको थियो ।

रिलायन्स स्पिनिङ्गले आर्थिक वर्ष ०८१/०८२ को दोस्रो त्रैमासमा खुद नाफा १८ करोड ८८ लाख बढी आर्जन गरेको छ भने गत आव सोही अवधिमा ५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रहेको छ भने अन्य इक्विटी भने ५ अर्ब ५३ करोड ४५ लाख ७८ हजार रपैयाँ रहेको छ ।

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणको लागि बुक बिल्डिङमार्फत आएपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले ११ लाख ५५ हजार ९ सय ६० कित्ताको आधारमा ९४ करोड ८८ लाख ११ हजार ९ सय ६८ रुपैयाँमा आइपीओ निष्काशन गर्न लागेको हो ।

कोभिड तथा आर्थिक मन्दीले अर्थतन्त्रमा असर पुर्याएको अवस्थामा अन्य कम्पनीहरु नेगेटिभ इपिएसमा पुग्दा समेत रिलायन्स स्पिनिङ्ग मिल्सले आफूलाई नेगेटिभमा जानबाट बचाएको थियो ।

बुक बिल्डिङमा आइपीओ निष्कासन गरेको सर्वोतम सिमेन्ट्सको चालु आर्थिक वर्ष ०८१/०८२ दोस्रो त्रैमासमा प्रतिसेयर आम्दानी ९.७ र रहेको छ भने सो अवधिमा सोनापुर सिमेन्टको प्रतिसेयर आम्दानी ७.९४ रहेको छ । ६ महिनामा प्रतिसेर आम्दानी शिवम् सिमेन्ट्सको २.०८ रहेको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा सर्वोतम सिमेन्टको प्रतिसेयर आम्दानी ३.४५ रहेको छ भने सो अवधिमा सोनापुर सिमेन्टको १६.९१ रहेको छ । आर्थिक वर्ष  ०८०/०८१ मा घोरही सिमेन्टको प्रतिसेयर आम्दानी ३१.६८ रहेको छ भने शिवम् सिमेन्टको ४.९८ रहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्