Skip to content
Shikhar Insurance
National Life

‘प्रतिगामी शक्तिहरु टाउको उठाउने कोशिस गरिरहेका छन्’ अध्यक्ष नेपाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

उनले इतिहास भइसकेको राजालाई ब्युँताउने कोशिस भइरहेको भएपनि सम्भव नरहेको जिकिर गरे । उनले पूर्वराजा शाहले के त्याग, तपस्या, योगदान गरेका छन् ? भन्दै प्रश्न गरे । इतिहास फेरि पछाडि फर्किन नसक्ने अध्यक्ष नेपालको भनाइ छ । नेपाली समाज सामन्तवादको युगमा फर्किन नसक्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘हाम्रो देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेका छन् । इतिहास भइसकेको राजालाई फेरि ब्युँताउने कोशिस गरिरहेका छन् । जो सम्भव छैन । के त्याग गरेको हुनाले, के तपस्या गरेको हुनाले, के योगदान गरेको हुनाले ? देश निर्माणमा के भुमिका खेलेको हुनाले, दमन गरेको हुनाले ? निरंकुशता लादेको हुनाले ? वंशको शासन चलाएको हुनाले, देशलाई गरिबी, बेरोजगारमा पिल्साएको हुनाले ? के कारणले ? राम्रो काम गरेको त देखिँदैन । नराम्रो काम गर्नेलाई पुरस्कृत गर्नेकुरा अस्वीकार्य हुन्छ । कसैको भ्रममा नपर्नुस्, सत्य र तथ्यको कुरा बुझ्नुस् । इतिहास फेरि पछाडि फर्किन सक्दैन । अब संसार र नेपाली समाज सामन्तवादको युगमा फर्किन सक्दैन । कुनै परिवारको कोही दास बन्न चाहँदैन । कुनै परिवारको देशलाई पेवा गर्न चाहँदैन ।’

अध्यक्ष नेपालले जनताका छोराछोरी देशको राष्ट्रपति बन्न पाउने की नपाउने भन्दै प्रश्न गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्