बझाङ । गृहमन्त्री रमेश लेखकले भूकम्प प्रभावित क्षेत्रमा निजी आवासको पुन:निर्माण कार्य सुरु भएको बताएका छन् । बझाङमा भूकम्पीय पुन:निर्माण तथा पुन:स्थापना आयोजना कार्यान्वयन इकाइ कार्यालय उद्घाटनमा गर्दै आज उनले भूकम्पले प्रभावित भएका जिल्लामा पुन:निर्माणका लागि मापदण्ड, नियमावलीसँगै आवश्यक बजेटको व्यवस्था गरी जिल्ला कार्यालयबाटै निर्माण कार्यको थालनी भएको बताए ।
‘निजी आवास पुन:निर्माणको कार्यसँगै सरकारी भवनको पुन:निर्माणका लागि कार्यान्वयन इकाइले नै समन्वय गर्नेछ’, गृहमन्त्री लेखकले भने ।
उनले निजी आवास पुन:निर्माण कार्यमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहेको भन्दै स्थानीय तहले जति चाँडै लाभग्राही पहिचान तथा छनोट गरी सिफारीस गर्यो त्यति चाँडो पुन:निर्माण कार्य सुरु हुने बताए । गृहमन्त्री लेखकले भूकम्पलगायत विपद् प्रभावितको पुन:स्थापना सरकारको प्राथमिकतामा रहेको र विकासका सवालमा सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्