काठमाडौं । रातो मत्स्येन्द्रनाथको भोटो आज प्रदर्शन गरिने भएको छ । सहकाल र वर्षाका देवता मानिने रातो मत्स्येन्द्रनाथको भोटो आज प्रदर्शन गरिने भएको हो ।
यो परम्परा करिव ८ सय वर्ष पुरानो मानिन्छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदाबाट शुरु भई असार शुक्ल चौथीसम्म चल्छ । भोटो जात्रा रथयात्राको समापनमा जावलाखेलमा आयोजना गरिन्छ र साइत हेरेर भोटो देखाइन्छ ।
भोटो देखाउनुको पछाडि भुतप्रेतलाई खाना चढाउने र वर्षा तथा सहकालको प्रतिकका रूपमा रातो मत्स्येन्द्रनाथको पूजा गर्ने विश्वास रहँदै आएको छ । मणि माणिक्य जडित भोटोको दर्शनले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभ फल प्राप्त हुने जनविश्वास छ । यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्