Shikhar Insurance
National Life

राष्ट्रिय वाणिज्य बैंकद्धारा ९७ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ८, बिहीबार १७:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परिक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका कर्मचारीहरुका लागि तालिम सञ्चालन गरेको छ ।

बैंकले नवनियुक्त सहायक (प्रशासन सेवाका) ९५ जना र वरिष्ठ सहायक स्तरका २ जना गरी जम्मा ९७ जना कर्मचारीहरुलाई १४ दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले यस बैंक प्रति जनताको अत्यन्तै विश्वास रहेको र त्यस विश्वासलाई जोगाईराख्न फ्रन्टलाइनमा बस्ने कर्मचारीहरुले सदैव जिम्मेवार भएर सेवा दिनुपर्ने बताए ।

उनले विभिन्न प्रक्रिया पश्चात बैंकले युवा कर्मचारीहरुलाई नियुक्ति दिएको बताउँदै बैंकिङ्ग क्षेत्रमा भएको बढ्दो जोखिमलाई न्यूनिकरण गरी कार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराए ।

कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक तथा बरिष्ठ सहायह ९७ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराए । कार्यक्रम माानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरे ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी.लगायत कर्मचारीहरुके उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्