काठमाडौं । नेपाल राष्ट्र बैंककले बैंकिङ क्षेत्र सुधारका लागि सुझाव माग गरेकाे छ । राष्ट्र बैंकले असार ४ गते (आज) एक सूचना प्रकाशन गर्दै कार्यदललाई इच्छुक संस्था तथा व्यक्तिहरुबाट आफ्नो अनुभव र विज्ञताका आधारमा सुझावहरु असार ११ गतेसम्म उपलब्ध गराउन आग्रह गरेकाे हाे ।
इच्छुक संस्था तथा महानुभावहरूबाट आफ्नो अनुभव र विज्ञताका आधारमा असार ११ सम्ममा कार्यदलको इमेल ठेगाना [email protected] मार्फत सुझावहरु उपलब्ध गराउँन आग्रह गरेको छ ।
- बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा ,
- आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ,
- ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ,
- बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका (merger and post- merger) समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा ,
- नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा ,
- पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा ।
प्रतिक्रिया दिनुहोस्