Skip to content
Shikhar Insurance
National Life

महाकालीको माछा बेचेर महिनामा ३० हजार कमाउँदै कञ्चनपुरका राई

Hyundai
NCELL
NIMB

कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउनुहुन्छ । महाकालीबाट माछा मारेर बिक्री गरी उहाँको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएक हुन् ।

माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताउनुभयो । उहाँले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्ने गरेको बताए । त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छन ।

‘ताजा माछाको माग बढी हुन्छ,’ राईले भने, ‘ग्राहकलाई पुर्‍याउनै सक्दैनौँ ।’ सानो माछा प्रतिकिलो २५० र ठूलो माछा रु ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्दै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अतिकति पीठो राखेको बताए । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छन् । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ ।

माछा बिक्री गरेर महिनामा ३० हजारदेखि ३५ हजारसम्म कमाई हुने गरेको राईले बताए । उनीसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उनले माछा बिक्री गरेको आम्दानीले धान्ने गरेको बताए । माछा मार्न उहाँ समूह बनाएर जाने गर्छन् ।

महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको राईसँगै माछा मार्दैआएकी पार्वती चौधरीले बताइन् । घरको सबै खर्च माछा बिक्रीबाट आएको आम्दानीले धानिएको उनले बताइन् । ‘विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमैदिन बित्छ’, चौधरीले भने । महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छन ।

GBIME

प्रतिक्रिया दिनुहोस्