Skip to content
Shikhar Insurance
National Life

विश्वप्रकाश शर्माको प्रश्न : नागरिकले कस्तो राजा खोजेको ?

Hyundai
NCELL
NIMB

काठमाडाैं ।  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनाका मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह भएको आरोप लगाएका छन् । आइतबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राज्यले पूर्वराजालाई संविधानले व्यवस्था गरेको भन्दा बढी सुविधा दिएर राखेकोप्रति पूर्वराजाले गम्भीर भएर सोच्नुपर्ने बताए । उनले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने जिकिर गरे । उनले आपराधिक घटनामा मान्छे मारिदा एउटा विज्ञप्ति पनि ननिकालेको भन्दै पूर्वराजाप्रति रोष प्रकट गरे । उनले राज्यले दिएको सीमालाई नबुझ्ने पूर्वराजालाई पुन: राजा बनाएर केही नागरिकले कस्तो किसिमको राजा खोजेको भन्दै प्रश्न गरेका छन् ।

महामन्त्री शर्माले प्रधानमन्त्रीले संसदमा जवाफ दिन तयार भएपनि प्रतिपक्षीहरुले संसद अवरुद्ध गर्नु दु:खद् भएको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्