Skip to content
Shikhar Insurance
National Life

पियोर इनर्जीको आइपीओ फागुन २० गतेदेखि बिक्री खुल्ला

Hyundai
NCELL
NIMB

काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि पहिलो चरणको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित अर्थात् बाँके जिल्लाबासीका लागि र १ लाख ४४ हजार कित्ता सेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

यसमा आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्तासम्मको दागि आवेदन दिन सक्नेछन् । यता, वैदेशिक रोजगारमा रहेका नेपालीले पनि न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाले आवेदन यही फागुन २० गतेदेखि चैत ५ गतेसम्म दिन सकिनेछ। आयोजना प्रभावितका लागि निष्कासन गरिएको सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन अवधि लम्ब्याइनेछ भने वैदेशिक रोजगारीमा रहेकाको लागि आवेदन लम्बिने छैन।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ। पहिलो चरणको आइपीओ बाँडफाँड भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ। पियोर इनर्जी आइपीओ जारी गर्ने पहिलो सौर्य ऊर्जा कम्पनी बनेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्