Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा पियोर इनर्जीकाे आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । सोमबार नेप्सेमा पियोर इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको हो ।

कम्पनीको चुक्ता पुँजीका आधारमा कायम ८० लाख कित्ता सेयर सूचीकृत भएको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ । नेप्सेमा पियोर इनर्जीको पहिलो कारोबारका लागि न्यूनतम मूलय ९६.४५ रुपैयाँदेखि अधिकतम २ सय ८९ रुपैयाँ ३५ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ ।

नेप्सेले कम्पनीको दोस्रो बजार कारोबारका लागि पीयुआरई संकेत दिएको छ । सूचीकरणपश्चात कम्पनीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्ने भएको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्