राज्यको सूचनामा सबैको पहुँच हुनुपर्छ । सूचना प्राप्त गर्नु हरेक नागरिकको अधिकार हो । नेपालको संविधान २०७२ को धारा २७ ले सूचनाको हक सम्बन्धि व्यवस्था गरेको छ । अधिकारको हिसाबले नागरिकले सूचना पाउने अधिकार पुर्ण रुपमा सुरक्षित गरेको छ । राज्यको चौथो अंगको रुपमा संचार माध्याम र पत्रकारितालाई मानेको छ । शक्तिशाली कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको निर्मम समिक्षा सहित समाचार उत्पादन र प्रकाशन गर्नु आम संचार जगतको प्रथम दृष्टि हो ।
संचारसंस्था सूचना प्रवाह गर्ने माध्यम हो । समय अनुसार माध्यममा परिवर्तन हुँदै आएको छ । कुनै दिन पत्रिका सूचनाको लोकप्रिय माध्यम थियो भने कुनै दिन रेडियो । विस्तारै टेलिभिजनको विकाससँगै अहिले अनलाइन संचार माध्यमको महत्त्व र प्रभावकारिता बढ्दै गएको छ । सूचनाको सागरमा सिंहदरबार डटकमले आर्थिक विधालाई मूल आधार बनाएर सुचना प्रवाह गरेको ४ वर्ष पुरा भएर पाँच वर्ष सुरु भएको छ ।
विषेशगरी नीतिगत विषयमा सिंहदरबार डटकमले पत्रकारिता गर्दै आएको छ । राज्यको एक असल नीतिले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्छ भने खराब नीतिले अर्थतन्त्र सखाप पार्छ । राजतन्त्रको अन्त्यपछि गणतान्त्रिक शासन प्रणालीमा पनि कमजोर नीतिगत व्यवस्थाका कारण देशको अर्थतन्त्रले कोल्टे फेर्न सकिरहेको छैन् । कुनै पनि नीति बनाउँदा राज्यले अध्ययन, अनुसन्धान भन्दा पनि व्यक्तिगत लाभ हानीको आधार मानेर परिवर्तन गरिरहेको अवस्था विद्यमान छ । हो यहिँ हो सिंहदरबारको भूमिका– सिंहदरबार डटकमको पत्रकारिता ।
चाहे राज्यले गुमाएको अर्बौ राजस्व होस् या कुनै व्यक्तिको लाभका लागि हुने नीतिगत व्यवस्थाको सिंहदरबार डटकमले खुलेर आलोचना गर्ने गरेको छ । नेपाल जस्तो कमजोर राज्य प्रणालीमा बलियो संचार माध्यमको आवश्यकता छ । संचार माध्याम सामाजिक संजाल भन्दा फरक हो र यसको भूमिक फरक छ भन्ने कुरामा हामी स्पष्ट छौं । भ्रमलाई चिरेर यथार्थ कुरा पाठक सामू पुर्याउनु हाम्रो कर्तव्य हो ।
वि.सं २०७७ फागुन ७ गतेबाट सञ्चालनमा आएको सिंहदरबार डटकमले नेपाली आर्थिक अनलाइन सञ्चार जगतमा आफ्नो अलग पहिचान स्थापित गर्ने भगिरथ प्रयास गरिरहेको छ । चौथो वार्षिकोत्सवसम्म आइपुग्दा सिंहदरबार विगतको निर्मम समिक्षा, वर्तमानको भरपुर उपयोगद्वारा सुनौलो भविष्य कोर्ने अभियानमा छ । चार बर्षे यात्राका दौरान हामीलाई माया गर्ने पाठक, दर्शक, विज्ञापन दाता र समस्त शुभचिन्तकहरुमा हार्दिक आभार । आर्थिक पत्रकारितामा मानक स्थापीत गर्ने हाम्रो अभियान अविचलित र अनवरत रहनेछ । ठिक र बेठिकलाई तथ्यको तराजुमा जोख्ने हाम्रो अभियान निसन्देह अघि बढ्नेछ । हामी अझै परिस्कृत हुनेछौं । हामी थप परिपक्कतासहित आफ्ना पाठक–दर्शकहरुका माझ उपस्थित भैरहनेछौं । आलोचनात्मक चेतसहितको सकारात्मक आर्थिक पत्रकारिताको हाम्रो यात्रा निरन्तर रहनेछ ।
प्रकाशक
प्रतिक्रिया दिनुहोस्