Shikhar Insurance
National Life

संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सभामुखको सक्रियता

सिंहदरबार संवाददाता
२०८१ माघ १३, आईतवार १९:११
Hyundai
NCELL
NIMB

 

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको आउँदो अधिवेशनलाई प्रभावकारी बनाउने विषमा प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार सिंदरबारमा भएको छलफलमा सभामुख घिमिरेले सदनलाई गतिशील बनाउँदै कानून निर्माणमा जोड दिने विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनले छलफलमा कार्यव्यवस्था परामर्श समिति बैठकका एजेण्डा र संसदको प्रभावकारिताको विषयमा छलफल भएको बताए । उनका अनुसार सभामुख घिमिरेले समितिमा विचाराधिन विधेयकलाई अगाडि बढाउने विषयमा सुझाव लिएका छन् । छलफलमा परामर्श समितिको बैठकमा ठोस निर्णय गर्दै संसदको कार्यतालिता बनाएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको बताए ।

उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठक १५ गते बस्दैछ । त्यसमा लैजानुपर्ने एजेण्डाहरु र कति बजेबाट शुरु गर्ने भन्ने विषयवस्तु र संसदीय समितिका बैठकहरुबाट विधेयक आउन ढिलाई भएको भन्दै त्यसको लागि के गर्नुपर्छ भन्ने विषयमा जिज्ञासाहरु राख्नुभएको थियो । हामीले आफ्नो सुझावहरु त्यहाँ दिएका छौं । अझै सबै प्रमुख सचेतहरुसँग बसेर गृहकार्य गर्ने र त्यसपछि पर्सि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा ठोस निर्णय र कार्यतालिका बनाएर अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले छलफलका क्रममा कानून निर्माणमा सरकार गम्भिर हुन आवश्यक रहेको धारणा राखेको बताए । उनले कानून निर्माणमा प्रतिपक्षी दलहरु सहयोग गर्न तयार रहेपनि सरकार गम्भिर नभएको बताए ।

कानून निर्माण सरकार सक्रिय भएन भने संसद प्रभावकारी नहुने भन्दै त्यसको लागि सत्तापक्षसँग अझै छलफल गर्न सुझाव दिएको परियारको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्