Skip to content
Shikhar Insurance
National Life

तरुण दलको केन्द्रिय तदर्थ समिति विघटनको माग गर्दै प्रदर्शन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल तरुण दलको केन्द्रिय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आवद्ध युवाहरुले मोटरसाइकल र्यालीसहित काठमाडौंमा प्रदर्शन गरेका छन् । तदर्थ समितिको वैधानिकता सकिएको र वर्तमान समितिले महाधिवेशन गर्न नमिल्ने भन्दै उनीहरूले तरुण दल केन्द्रिय तदर्थ समिति भंग गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै तरुण दलका केन्द्रीय सदस्य रोजन राईले भ्रातृ संगठन तदर्थवादको नाममा एक दशकसम्म रहनुले आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको बताए ।

उनले तदर्थ समिति बनेको तीन वर्ष भएपनि अध्यक्षले महाधिवेशन गर्ने कुनै क्रियाकलाप नगरेको आरोप लगाए । अधिवेशनको नाममा तरुण दलका सदस्यहरुलाई समेत थाहा नदिई तरुण दलभित्रै हानाहान र काटमारको अवस्था सिर्जना गरेको आरोप लगाए ।

उनले काँग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वत: विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात गर्दै नयाँ तदर्थ समितको माग गरे ।

उनले भने, ‘तदर्थ समितिको मूल उद्देश्य र पार्टीले दिएको मूल जिम्मेवारी नै तरुण दलको महाधिवेशन हो भनेर हामी केन्द्रीय सदस्यहरूले भनिरहँदा उहाँ भने काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लागिरहनुभयो । कहिले भइरहेको तरुण दलको घर भत्काएर नयाँ घर बनाउने भन्दै लाग्नु भयो । तरुण दलको सार्वजनिक सम्पत्ति घर बनाउँदा होस वा भत्काउँदा केन्द्रिय समितिलाई जानकारी हुन पर्दैन र ? तरुण दलको अधिवेशन कुन कुन जिल्लामा हुदैछ, को को केन्द्रीय प्रतिनिधि तोकिँदै छ केन्द्रिय समितिले थाहा पाउनु जरुरी छैन र रु यसैको परिणाम आज तीन वर्ष सम्म पनि महाधिवेशनमार्फत तरुण दललाई नयाँ नेतृत्व हस्तान्तरण गर्न नसक्ने असक्षम नेतृत्वको साक्षी बस्नु परिरहेको छ ।’

नेपाल तरुण दल विगत ९ वर्षदेखि तदर्थ समितिको भरमा चलिरहेको छ । २०७३ सालमा पोखरामा भएको महाधिवेशनपछि तरुण दलको महाधिवेशन भएको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्