काठमाडौं । राजावादी राजनीतिक दलहरुले व्यवस्था विरोधी आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् ।
काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति विरोध गरेका हुन् । आन्दोलन जेठ १५ गतेदेखि शुरु भएको हो । उनीहरुले राजतन्त्रको पुन:स्थापना र हिन्दु राष्ट्र कायम हुनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् ।
प्रदर्शनमा सहभागी भएकाहरुले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, जागौँ जागौँ, जागौँ न हे नेपाली जनता, पहिला राष्ट्र जोगाउँ लगायतका नारा र प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका राजनीतिक दलहरु राजतन्त्र पुन:स्थापनाको लागि आन्दोलनरत छन् ।
प्रतिक्रिया दिनुहोस्