Skip to content
Shikhar Insurance
National Life

साढे २ अर्ब लगानीमा चुरोट उद्योग खोल्ने प्रस्ताव, १०० प्रतिशत निर्यात गर्ने शर्त

Hyundai
NCELL
NIMB

काठमाडौं । शत प्रतिशत निर्यात गर्नेगरी सुर्तिजन्य उद्योग  खोल्न चिनियाँ लगानीकर्ताहरुले प्रस्ताव गरेको छ । उद्योग विभागमा विदेशी लगानीको उद्योग खोल्न प्रस्ताव भएको हो ।

हुवाजिया टोबागो कम्पनी लिमिटेडले कच्चा पदार्थ नै निर्यात गर्नेगरी टोबागो कम्पनीको अनुमति मागेको हो । उद्योगमा २ अर्ब ४९ करोड ३५ लाख लगानी गर्ने प्रस्ताव गरेको छ । उद्योगमा पुर्ण रुपमा विदेशी लगानी रहनेछ ।

उद्योगबाट वार्षिक ६ करोड खिल्ली चुरोट उत्पादन गर्ने लक्ष्य लिएको छ ।   उद्योगले सातै प्रदेशमा कच्चा पदार्थका लागि सम्झौता गर्ने तयारी गरेको छ । उद्योगका एक लगानीकर्ताले भने, “हामी नेपालमा एउटा राम्रो लगानी गर्न चाहान्छौं, यसले नेपालको अर्थतन्त्रमा समेत राम्रो योगदान दिनेछ । हामीले कच्चा पदार्थ उत्पादनका लागि सातै प्रदेशका कृषकहरुसँग सम्झौता गर्ने तयारी गरेका छौं । जसबाट कृषकले आफ्नो उत्पादन र बजारको सजिलै मूल्य प्राप्त गर्नेछन् ।”

ती लगानीकर्ताका अनुसार नेपाली बजारमा उत्पादित सुर्ति र चुरोटको एक खिल्ली पनि बिक्री गर्ने योजना अघि सारेको छ । ती लगानीकर्ताले थपे, “हामीले नेपाली चुरोट बजारलाई हेरेका छैनौं, हाम्रो लक्ष्य भनेको चिनियाँ बजारमा सुर्तिजन्य वस्तुको कच्चा पदार्थ र चुरोट निर्यात गर्नु हो, एक खिल्ली चुरोट पनि नेपाली बजार बिक्री गर्दैनौं।”

शतप्रतिसत निर्यात गर्ने शर्तमा टोबागो लाइसेन्स प्रदान गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय पनि सहमत भएको छ । औद्योगिक व्यवसाय ऐनले सुर्तिजन्य उद्योगलाई अनुमति लिनुपर्ने उद्योगमा समावेश गरेको छ । यदि यो उद्योगले अनुमति प्राप्त गर्ने हो भने उद्योग विभागको प्रस्तावमा औद्योगिक लगानी प्रर्बर्द्धन बोर्डबाट स्वीकृति लिनु पर्नेछ ।

यद्यपी लामो समयदेखि उद्योगको काम रोकिदा भने लगानीकर्ताहरु चिन्तित बनेका छन् । ती लगानीकर्ताले थपे, “चीनको सरकारी कार्यालयबाट १ घण्टामा सकिने काम नेपालमा ६ महिना बढि भैसक्यो काम सकिदैन, यदि काम हुँदैन भने स्पष्ट रुपमा काम हुदैन भन्नुपर्छ काम हुने भने छिटो गरिदिनु पर्छ ।”

नेपालले विश्व बजारको चुरोट बजारमा प्रतिस्पर्धा गर्नका लागि उच्च प्रविधियुक्त चुरोट उद्योग स्थापना गर्नु आवश्यक छ । सन् २०२३ मा विश्वव्यापी चुरोटको बजार ८५० अर्ब अमेरिकी डलर भन्दा बढी छ, जसले नियामक चुनौतीहरूको बाबजुत मध्यम वृद्धि देखाएको छ।

विकासशील देशहरूले चुरोट खपतलाई निरन्तर अघि बढाइरहेको छन्। चीन चुरोट बजारको सबैभन्दा ठूलो उपभोक्ता हो भने भारत पनि ठूलो बजार हो । यी दुई देश नेपालका छिमेकी देशहरू हुन्। यसको अलावा, जापान सिगरेटको सबैभन्दा ठूलो आयतकर्ता हो। त्यसैगरी, जर्मनी, इटाली र फ्रान्स जस्ता युरोपेली राष्ट्रहरूले पनि ठूलो मात्रामा आयात गर्छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्