काठमाडौं । नेपालमा विद्युतिय सवारीमा राज्यले दिएकाे कर सुविधा दुरूपयाेग गरि बिक्रेताहरुले अधिक नाफा राखेर सवारी बिक्री गर्ने गरेका छन् । सरकारले दिएको कर छुट उपभोक्तामा हस्तान्तरण (ट्रान्सफर) नभई बिक्रेताले मात्रै लाभ लिएका हुन्।
बीवाईडी गाडी बिक्रेता साइक्स इंक प्रालीले एउटै गाडी बिक्रीमा १५ देखी साढे २७ लाखसम्म नाफा राख्ने गरेको खुलेको छ । कम्पनीले सबैभन्दा धेरै बिक्री गरेको बीवाईडी एट्टो-३ मा एकै गाडी बिक्री गर्दा २७ लाख ६४ हजार नाफा राख्ने गरेको पाइएको हो ।
अर्थ मन्त्रालयको विवरण अनुसार कम्पनीले चीनबाट एउटा बिवाइडी अट्टो-३ गाडी खरिद गर्न चीनको बीवाईडी अटो इन्डष्ट्री को लिमिटेडलाई १ लाख ४७ हजार युआन तिरेको छ । नेपाली विनिमय दर (बैशाख ८ गते) अनुसार १ चिनियाँ युआन बराबर १८.७० रुपैयाँ पर्छ । यसरी एउटा विवाइडी अट्टो ३ खरिद गर्न कम्पनीले चिनियाँ बजारमा २७ लाख ४८ हजार ३३३ रुपैयाँ खर्च गरेको छ ।
यस्तै, चिप्स (सिम कार्ड)को लागि २३ सय युआन अर्थात ४३ हजार रुपैयाँ खर्च गरेको छ । चार्जरको लागि ७०० सय युआन अर्थात १३ हजार ८७ रुपैयाँ तिरेको छ । प्रभु बैंक लिमिटेडबाट खोलेको प्रतित पत्र (एलसी)को विवरण अनुसार कम्पनीले एक बीवाईडीको अट्टो-३ खरिद गर्नका लागि कुल १ लाख ५० हजार युआन अर्थात २८ लाख ४ हजार ५२३ रुपैयाँ मात्रै खर्च गरेको छ ।
यो गाडी सुरुमा कम्पनीले १५० किलोवाट क्षमताको भएको घोषणा गरेपनि पछि कर छलि गर्न ९९ किलोवाट लेखाएर ल्याएको छ । यदी यो गाडी वास्तविक १५० किलोवाटमा भन्सार छुटाउने हो भने यो गाडीले भन्सार महसुल ३० प्रतिशत र अन्तशुल्क २० प्रतिशत गरी कुल ५० प्रतिशत राजस्व तिर्नुपर्ने हुन्थ्यो । तर कम्पनीले अहिले किलोवाट घटाएको कागजात पेश गरी प्रति गाडी १५ प्रतिशत अर्थात एउटै गाडीमा ४ लाख १२ हजार २९९ रुपैयाँ छलि गरेको प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागको दाबी छ ।
९९ सय किलोवाट अनुसार कम्पनीले प्रतिगाडी २० प्रतिशत भन्सार शुल्क र १५ प्रतिशत अन्तशुल्क कर तिर्नुपर्ने हुन्छ । जसअनुसार कम्पनीले प्रतिगाडी २० प्रतिशत भन्सार दस्तुर ५ लाख ४९ हजार ६६६ रुपैयाँ दस्तुर तिरेको छ ।
यस्तै, १५ प्रतिशत अन्तशुल्क ४ लाख १२ हजार २९९ रुपैयाँ गरी कुल ९ लाख ६१ हजार ९६५ रुपैयाँ कर तिरेको छ । यसरी यो गाडीको चीनीयाँ बजार र कर दाखिला गरी कुल ३७ लाख ६६ हजार ४८८ रुपैयाँ लागत परेको देखिन्छ । यदी एउटा गाडी चीनबाट काठमाडौंसम्म ल्याइपुग्न (अनुमानित खर्च) २ लाख ५० हजार खर्च मान्ने हो भने यो गाडीमा खर्च ४० लाख १६ हजार नाघ्दैन । तर कम्पनीले यो गाडीको मूल्य भने टप भेरियन्टको ६७ लाख ८० हजार अंकित मूल्य राखेको छ । यसरी एकै गाडीमा २७ लाख ६४ हजारसम्म नाफा राखेको भेटिएको छ । यसैगरी, बीवाईडी कै डल्फिन मोडेलमा कम्पनीले प्रति गाडी १५ लाख रुपैयाँ नाफा राख्ने गरेको छ ।
सरकारले कालोबजार तथा केहि अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ लाई परिमार्जन गरिसकेको छ । यो ऐनमा कुल मुनाफा व्यापारीले लगानीको २० प्रतिशत भन्दा बढी राख्न नपाउने व्यवस्था थियो । तर अहिले यो व्यवस्था परिमार्जन भएपछि व्यापारीहरुलाई जतिपनि मुनाफा लिने बाटो खुला भएको छ ।
गाडी बिक्रेता कम्पनी साइमेक्स इंकमा युवा व्यवसायी यामुना श्रेष्ठको ५०.५ प्रतिशत र अनिल श्रेष्ठको ४९.५ प्रतिशत शेयर स्वामित्व छ । कम्पनीले सन् २०२१ मा ६ करोड ९ लाखको व्यापार गरेको थियो । यस्तै, २०२२ मा ४४ करोड १० लाख, सन् २०२३ मा १ अर्ब ९१ करोड ३० लाखको व्यापार गरेको थियो । यसैगरी, सन् २०२४ को ११ महिनामै कम्पनीले ९ अर्ब ९३ करोड ५० लाखको व्यापार गरेको थियो । लगानीकर्ताहरुले गाडी बिक्रीबाट कमाएको नाफा होटल तथा घर जग्गामा लगानी बिस्तार गरिरहेका छन् ।
बीवाईडीको एउटा डल्फिन गाडी बिक्री गर्दा १५ लाख रुपैयाँ नाफा, लगानीकर्ता मालामाल
कालोबजार ऐन २०३२ आकर्षित हुनेगरी स्टक गाडीमै बीवाईडीले बढायो मूल्य
बीवाईडीले १००० गाडीमा ५४ करोड कर छलेको निष्कर्ष, जरिवानासहित एक अर्ब ६२ करोड बिगो
प्रतिक्रिया दिनुहोस्