कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमिसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्षभित्र समस्या समाधान हुने बताएका छन् ।
भूमि समस्या सामाधान आयोग कैलालीले आज धनगढीमा आयोजना गरेको आयोगका कामसम्बन्धी स्थानीय तहका पदाधिकारीहरूका लागि अभिमुखीकरणमा उनले प्रदेश सरकारलाई भूमिसम्बन्धी अधिकारप्राप्त भएमा यहाँका भूमिसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताए ।
मुख्यमन्त्री शाहले एकैठाउँमा अधिकार भएका कारण समस्या भएको उल्लेख गर्दै सङ्घीय सरकारले अधिकारलाई विकेन्द्रीकृत गर्नुपर्नेमा जोड दिए । उनले सङ्घीयतासँग जोडिएका कानुन तत्काल बन्नुपर्ने र त्यसो भएमा प्रदेश सरकारलाई विविध समस्या समाधान गर्न सहज हुने बताए ।
प्रतिक्रिया दिनुहोस्