Skip to content
Shikhar Insurance
National Life

कुलिङ पिरियडबारे छानविन समिति बनाउनुपर्छ तर सहयोग पाइएला जस्तो छैन : सांसद बडू

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कुलिङ पिरियडबारे भएको चलखेलमा छानविन समिति बनाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।


उनले मंगलवार सभामुखसँगको भेटमा पनि छानसिवन समितिको माग गरेपनि अहिलेसम्म सहयोग हुन नसकेको बताए । उनले राष्ट्रिय सभामा प्रश्तुत गर्दा सच्याएर पठाइनुपर्ने बताए ।

सभामुखलाई यसबारेमा अनुसन्धान गर्न छानविन समिति बनाउन माग गरेको तर सहयोगको अवस्था नरहेको जानकारी दिए । राष्ट्रिय सभामा विधेयक पेश भइसकेको भन्दै जालझेलको शुरुवात बिन्दुबाट नै अनुसन्धान गरेर कारबाही गर्न माग गरे । सांसद बडूले कुलिङ पिरियडबारे भएको जालझेलको निष्पक्ष छानविन हुनुपर्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE