काठमाडौं। चैत १५ गते राजावादीहरुले तोडफोड गरेको एकिकृत समाजवादीको भवन अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली अलोकनगर पुगेका छन् ।
संसदमा भाषण गरेर ओली पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न साथै एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका हुन् । पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाको उपचारका क्रममा आइतबार निधन भएको थियो ।
यस्तै, राजावादीहरुले तोडफोड गरेको समाजवादीको भवनको समेत प्रधानमन्त्री ओलीले अवलोकन गरेका छन् । अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायतसँग भेट वार्ता गरेका छन् । १५ गते राजावादीहरुको अराजक हुलले एकिकृत समाजवादीका नेता तथा कार्याकर्तालाई ज्यानै लिनेगरी घरेलु हातहतियार सहित तोडफोड र आगजनी गरेका थिए । यसको विरोधमा एकिकृत समाजवादीले देशभर विरोध सभा गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्