Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्री ओली भन्छन्- ‘युवाहरु रोजगारीका लागि सम्झौता अन्तर्गत बाहिर गएका हुन्, फर्किन्छन्’

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री ओलीले युवाहरु रोजगारीमा केही समयका लागि सम्झौता अन्तर्गत बाहिर गएको बताएका छन् । उनले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने बताउँदै युवाहरु केही समयका लागि बाहिर गएको र उनीहरु पछि देश मै फर्किने बताएका हुन् ।

सातौँ साामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरुलाई पनि सोही समयको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने बताए ।

ओलीले वैदेशिक रोजगारीमा गएका सबै युवाहरुलाई सो कोषको दायरामा ल्याउने कुरामा सरकार प्रतिवद्ध रहेको बताउँदै भने, ‘यो करारमा रहेका अस्थायी, ज्यालादारी आदि त्यस सुरक्षा कोषको दायराभित्र पर्ने कि नपर्ने भन्ने कुरा आएको छ । केही दिन मात्रै पनि सेवा गर्छ भने यो नियम लागु गर्नु पर्दछ । देशबाहिर रोजगारीमा रहेका युवाहरु २५/२६ लाख युवाहरु बाहिर गएका हुन सक्दछन् । मान्छे गएका मात्रै होइनन्, फर्केका पनि छन् नि । रोजगारीका लागि केही समयका लागि सम्झौता अन्तर्गत उनीहरु बाहिर गएका हुन् फर्किन्छन् ।’

प्रधानमन्त्री ओलीले सरकारले जनताको सुख र समृद्धि बाहेक अरु कुनै अभिष्ट नराखेको पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्