काठमाडौं । सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री विद्य भट्टराईको राजिनामा लिएर मन्त्रिपरिषद बैठक सुरु गरेका हुन् ।
बैठकमा १५ जना मन्त्रीहरु सहभागी भएका छन् ।
बैठकमा शीक्षा मन्त्री भट्टराईको राजिनामा स्वीकृतिको विषयमा छलफल हुनेछ । राष्ट्र बैंकको गभर्नर नियुक्ति भने नहुने बुझिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार गभर्नर नियुक्ति गर्ने एजेण्डा छैन ।
गभर्नर नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाबिच चर्को विवाद रहेको छ ।
ओली समक्ष सभापति देउवाले आफूले भनेको व्यक्ति गभर्नर नभए सरकार नै ढाल्ने चेतावनी दिइरहेका छन् । उनी प्रधानमन्त्री ओलीलाई अल्टिमेटम दिएर थाइल्याण्ड उडेका छन् ।
प्रतिक्रिया दिनुहोस्