Skip to content
Shikhar Insurance
National Life

गगन थापालाई प्रधानमन्त्री ओलीले भने, ‘के बोल्या त्यो..बिचौलिया बेडरुमसम्म आएको प्रमाणित गर्न सकिन्छ?’

Hyundai
NCELL
NIMB

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन् ।

मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर यस्ता आरोपहरु लगाउने गरेको  बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बिचौलियाहरुको लागि मात्रै काम गरेको आरोप लगाएका थिए । महामन्त्री थापाले प्रधानमन्त्रीको सयन कक्षमै बिचौलिया पुगेको दाबी गरेका थिए । महामन्त्री थापाले २०८२ बैशाख २ गते एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीको बेडरुम सम्म नै बिचौलिया पुगेको दाबी गरेका थिए । बिचौलियाकै सिफारिसमा गभर्नर नियुक्त गर्न खोजेको गम्भिर आरोप समेत लगाएका थिए । महामन्त्री थापाको अभिव्यक्तिको १२ दिनपछि बोल्दै ओलीले आरोप प्रमाणित गर्न चुनौति दिएका हुन्।

प्रधानमन्त्री ओलीले भनेका छन्, “कोहि यसरी धतुल्याएर बोल्छन्, प्रधानमन्त्रीको बेडरुमसम्म नै बिचौलिया पुगेका छन् । दया लाग्छ तिनको त्यस्ता शब्दहरु सुन्दा दया लाग्छ । के बोलेको त्यो .. त्यस्ता कुराहरु प्रमाणित गर्न सक्छ ? तर बोलेका छन् । त्यस कुरालाई हतियार बनाएर त्यस कुरालाई उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरु त्यसैलाई लिएर उफ्रिएका छन् ।

पहिले एक पल्ट विष्णु बहादुर मानन्धरहरुको एउटा समुह थियो । उसले केशर जंग रायमाझीहरुलाई नाबाकाद भन्थ्यो । नाबाकाद भनेको नामका बामपन्थी कामका दक्षिणपन्थी नाबाकादहरु अहिले पनि छन् । नाबाकाद २ प्रकारका छन् एउटा कम्यूनिष्ट आन्दोलन ध्वस्त पार्नेहरु छन् । अर्को ढल्यो,ढल्यो सरकार ढल्यो अहिले ढल्यो भरै ढल्यो भोली बिहानै ढल्यो शेर बहादुर जी फर्किने बित्तिकै ढल्यो शेरबहादुर जीले फेरी चिसो पानी टाउँकाबाट खन्याएपछि फेरी छक्का परेका छन् । शेर बहादुर आउने बित्तिकै नढलेर के हुन्छ २/४ दिनमा फेरी ढलिहाल्छ । भन्दै नयाँ गित गाउन थालेका छन् । भन्दै फेरी भन्न थालेका छन् । अर्को गित सुरु गरेका छन् । यी नाबाकाद हुन् ।”

देशमा एमाले र नेपाली काँग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए । “झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ  कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ ।’’, प्रधानमन्त्री ओलीले भने, “आजकाल निलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् । तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ ।’’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको टिप्पणी गरे ।

पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणत्मक चेत राख्न सुझाव दिए । “पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन ।’’ उनले भने ।

‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म भयाे, गभर्नर नियुक्तिमा समेत विचौलियाकै हल्ला छ’ महामन्त्री थापा

गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीलाई देउवाको अन्तिम अल्टिमेटम, ‘नत्र सरकार हाम्रो बसमा छैन’

GBIME

प्रतिक्रिया दिनुहोस्