Skip to content
Shikhar Insurance
National Life

ग्राहकहरूको बढी मागपछि प्रि-बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म हुने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र बढी रहेको मागलाई ध्यानमा राखी प्रि-बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन (जेठ ५ देखि ७ सम्म, अर्थात १९ देखि २१ मे २०२५) सम्म बढाएको छ ।

यो अभियान सफलतापूर्वक सञ्चालन हुँदै आएको छ र ग्राहकहरूले यसबाट ठूलो फाइदा लिँदै छन्।

यस मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्ने कम्पनीले जनाएको छ । यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, नि:शुल्क एक्सेसरीज, र जीवनभर नि:शुल्क चार्जिङ जस्ता विशेष सुविधाहरू पाउनेछन् ।

साथै, ८०५ सम्म वित्तीय सुविधा पनि उपलब्ध हुनेछ, जसले इलेक्ट्रिक गाडी खरिद गर्ने प्रक्रिया अझै सजिलो बनाउँछ । यो अफर टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा लागू हुने कम्पनीले जनाएको छ ।

अतिरिक्त रूपमा, ग्राहकहरूले नि:शुल्क चार्जिङ बक्स र त्यसको स्थापना सुविधा पाउनेछन्। कम्पनीका अनुसार इच्छुक ग्राहकहरूले देशभर रहेका सिप्रदीको आधिकारिक सोरुममा गई मेलाको अवलोकन गर्न तथा इलेक्ट्रिक गाडीहरूको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साह र समर्थनलाई धन्यवाद दिदै यो अभियान थप व्यापक बनाएको छ। यसैले, इलेक्ट्रिक गाडीमा स्विच गर्न चाहनेहरूले यो अवसर नछुटाउन आग्रह गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्