Skip to content
Shikhar Insurance
National Life

सगरमाथा आरोहणगरेकी प्रनानी शेर्पालाई दज्र्यानी चिह्न

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गरेकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दज्र्यानी चिह्न प्रदान गरेकी छिन । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पदमा विशेष बढुवा हुनुभएकी शेर्पालाई दज्र्यानी चिह्न प्रदान गरेकी हुन् ।

यही जेठ ६ गतेको नीति निर्माण समिति (पिसिसी) बैठकले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सङ्गठनको गौरव बढाउन सफल भएको भन्दै शेर्पालाई विशेष बढुवा प्रदान गर्ने निर्णय गरेको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी उहाँले प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि गरेको कार्यको प्रशंसा गरे ।

प्रहरी सङ्गठनको प्रतिनिधित्व गर्दै प्रनानी शेर्पाले यही जेठ ५ गते सोमबार बिहान ८:५६ बजे सगरमाथाको सफलतापूर्वक आरोहणगरेकी थिइन् । उनले सगरमाथा शिखरबाट नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा ‘महिला र बालिकाविरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौँ’ भन्ने नारासहितको ब्यानर फहराएकी थिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्