काठमाडाै । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खान अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (MDRT) को २०२६ का लागि छनाेट भएका छन् ।
यो उपाधि उनले पाँचौँ पटक लगातार हासिल गरेका हुन् भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पहिलो MDRT 2026 का लागि याेग्य बनेका छन् । आर्यन खानले गत वर्ष (२०२५) मा विश्वप्रसिद्ध MDRT संस्थाको माथिल्लो तह COT (Court of the Table) सम्म याेग्य भइकेका थिए ।
MDRT विश्वभरका जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रका उत्कृष्ट पेशेवरहरूको संगठन हो, जसले उच्चतम स्तरको व्यावसायिकता, निष्ठा र सेवाप्रति समर्पणको पहिचान दिन्छ । आर्यन खानको निरन्तर प्रतिबद्धता, नेतृत्व क्षमता र ग्राहकप्रति समर्पित सेवा भावनाले उहाँलाई बीमा क्षेत्रको एक अग्रणी व्यक्तित्वको रूपमा स्थापित गरेको छ।
उनले आफ्नो उपलब्धिबारे भने, ‘यो सफलता मेरो मात्र होइन – यो मेरो ग्राहकहरू(बीमितहरू), मेरो टिम र हामीले अङ्गालेको विश्वासको उपलब्धि हो। हरेक पॉेलिसीसँगै हामी केवल बीमा मात्र गर्दै छैनौं, भविष्य बनाउँदैछौं।’ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्यन खानको यो ऐतिहासिक सफलतामा सधै साथ रहने र हाैसला प्रदान गर्ने जनाएकाे छ ।
गत वर्ष 2025 मा COT (Court of the Table) हासिल गरिसकेका खानलाई अब उनको लक्ष्य TOT (Top Of The Table) प्राप्त गरेकाे उनलेे बताए । आर्यन खान आजको पुस्ताका लागि मात्र होइन, भविष्यका बीमा व्यवसायीहरूका लागि पनि एक प्रेरणाका स्रोत एवं उदहारणीय ब्यक्ति बनेकाे कम्पनीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्