काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५ हजार ४ सय ७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनी शंकर प्रसाद कालिकोटाको नाममा रहेको १२ हजार ७८ कित्ता र सुयोग श्रेष्ठको नाममा रहेको ९३ लाख ३ सय २९ कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।
उक्त सेयर खरिदको लागि संस्थाचपक सेयरनीहरुले सूचना प्रकाशन भएके ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री खुल्ला गर्नेछ ।
इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
प्रतिक्रिया दिनुहोस्