Skip to content
Shikhar Insurance
National Life

हकप्रद रद्द र लाभांश प्रस्ताव पारित गर्ने प्रभु महालक्ष्मीले डाक्यो साधारण सभा

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको बैशाख ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार ८ औं वार्षिक साधारण सभा जेठ २६ गते आम्रपाली ब्याङक्वेट काठमाडौंमा बिहान ११ बजेदेखि आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको सातौं वार्षिक साधारण सभाले ७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेकोमा बोनस सेयर वितरणपछि नियामक निकायले तोकेको चुक्ता पूँजी पुग्ने भएकाले उक्त निर्णय रद्दको प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभामा लागि तय गरिएका छन्।

साथै, सभा प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा जेठ १४ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्