काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच आकर्षक छुट सम्झौता भएको छ । होटलले यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्येश्यले ल्याइएको होटल यार्शाले जनाएको छ ।
यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शाको कोेठामा १५ प्रतिशत र आना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउँने छन् ।
जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्घ छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य हो ।
प्रतिक्रिया दिनुहोस्